एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याब्लेट जित्नसक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो योजना ल्याएको हो ।

मंगलबार (माघ १८) देखि १० दिनसम्म सञ्चालन हुने यो योजना अन्तर्गत मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले १/१ वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याब टेनएस पाउनेछन् ।

ग्राहकले उठाएको आगमन कलको कूल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ ।

मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याब जित्ने मौका पाउनेछन् ।

मलेसियाबाट आउने आगमन कलमा कम्तिमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहक लगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुरु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनका लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

यस ट्याब्लेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार ट्याब्लेट हस्तान्तरण गरिने कम्पनीले जनाएकाे छ ।

यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिबार साँझ ६ः४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । यस कार्यक्रममा गायक कालीप्रसाद बास्तोलाले आफ्ना प्रस्तुति मार्फत गीतसंगीतको आनन्द दिनेछन् ।
https://unelma.io/ivKLd