गत वर्ष २०२१ गुगलको मातृकम्पनी अल्फाबेटका लागि निकै सुखद रह्यो । कम्पनीले विशेषगरी डिजिटल विज्ञापन सेवाबाट अबौ डलर कमायो । हालै अल्फाबेटले सन् २०२१ को अन्तिम त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

जसअन्तर्गत अन्तिम त्रैमास (अक्टाेबर-डिसेम्बर) मा कम्पनीले कूल ७५.३ अर्ब डलर कमाएकाे छ । यसअन्तर्गत उसले विज्ञापनबाट मात्रै ६१.२ अर्ब डलर (७३ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी) कमाएको छ ।

जब कि सन् २०२० को सोही अवधिमा कम्पनीले विज्ञापनबाट ४६.२ अर्ब डलरमात्र कमाएको थियो । अल्फाबेटले सन् २०२१ मा सबै सेवाबाट गरी कूल २५७.६ अर्ब आम्दानी गरेको छ, जुन सन् २०२० को तुलनामा ४१ प्रतिशत बढी हो ।

अल्फाबेटको आम्दानीमध्ये सबैभन्दा धेरै हिस्सा विज्ञापनकै रहँदै आएको छ । गत वर्ष कम्पनीका लागि गुगल नेटवर्क र युट्युव एडबाट हुने आम्दानी २५ प्रतिशतले बढेको थियो भने सर्च इन्जिनबाट हुने आम्दानी ३६ प्रतिशतले बढेको थियो ।
https://unelma.io/d9mHL