नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् ।

आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा भीओएलटीई सेवाको व्यवसायिक सुरूवातसँगै एक दिनका लागि लागू हुने गरी यो अफर सञ्चालनमा ल्याएको हो ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।

साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरने कलमा मात्र लागू हुने जनाइएको छ ।

साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी  डेटा प्याक अफर पनि ल्याएको छ ।

१८औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहक, शेयरधनीहरू, नेपाल सरकार, सरकारी निकायहरू, सहयोगी संघसंस्थाहरू तथा शुभेच्छुकप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

साथै आगामी दिनमा अझ बढी गुणस्तरीय, सर्वसुलभ एवम् अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त समेत व्यक्त गरेको छ ।
https://unelma.io/VTWxQ