पछिल्ला केही वर्षमा कम्प्युटर प्रोग्रामिङले व्यापक रूपमा मानवको आधुनिक संसारमा बाच्ने तरिकालाई आकार दिएको छ । लगभग हरेक यन्त्र, इलेक्ट्रोनिक वस्तु र आधुनिक मसिनमा कम्तिमा थोरै कोड हुन्छ । 

कोडिङ अर्थात् कम्प्युटर प्रोग्रामिङ के हो ?

कोडिङ अर्थात् कम्प्युटर प्रोग्रामिङ एउटा भाषा हो, जसको सहायताबाट हामी कम्प्युटरसँग सञ्चार गर्छौं । प्रोग्रामिङले कम्प्युटरलाई कुन कार्य गर्ने भनेर बताउँछ र कोड लेख्नु भनेको निर्देशनहरुको सेट सिर्जना गर्नु जस्तै हो ।

प्रोग्रामिङलाई वेबसाइट र एप बनाउन, डाटा प्रशोधन (प्रोसेसिङ) गर्न र अन्य धेरै उपयोगी कामका लागि प्रयोग गर्न सकिन्छ ।

प्रोग्रामिङ कसरी छिटो सिक्ने ?

विद्यार्थी वा कोड सिक्न चाहने व्यक्तिबीचमा एउटा सामान्य र आधारभूत प्रश्न आउँछ, ‘म कसरी छिटो कोड सिक्न सक्छु र प्रोग्रामरको रूपमा करियर बनाउन सक्छु ?’

चाहे तपाईं एक विद्यार्थी हुनुहुन्छ अर्थात् अनुभवी प्रोग्रामर, जसले आफ्नो जागिर बदल्नका लागि प्रयास गर्दै हुनुहुन्छ, जे भएता पनि तपाईंले निश्चित रूपमा छिटो र प्रभावकारी रूपमा प्रोग्रामिङ सिक्न केही सुझाव र युक्ति खोज्नुपर्ने हुन्छ ।

प्रोग्रामरको काम बजारमा उच्च तलब हुने काममध्ये एक हो र मानिसहरूले गर्न खोज्ने सबैभन्दा राम्रो काममध्ये पनि एक हो । कोड सिक्न र यसलाई मास्टर गर्न एक सुरुवातकर्ता (बिगिनर) का लागि वर्षौं लाग्न सक्छ ।

धेरै मानिसले सुरु गरेर बीचमै छोड्ने गर्छन् । सुरुमा हामी कोड सिक्ने अवधारणाको बारेमा धेरै उत्साहित हुन्छौं, तर पछि धेरैजसो अवस्थामा विद्यार्थी वा सुरुवातकर्ताले छिट्टै हार मान्छन् । किनभने उनीहरूलाई यो काम जारी राख्न गाह्रो हुन्छ ।

उनीहरू कोडिङ सिक्ने क्रममा अड्किन्छन् र कोडिङ गर्दै गर्दा आउने समस्याको समाधान खोज्न कठिनाइको सामना गर्छन् ।

प्रोग्राम गर्न सिक्नु भनेको रातारातको यात्रा होइन । तर यो त्यति गाह्रो पनि छैन जति मानिसहरूले यसको बारेमा सोच्छन् । यसका लागि केवल समर्पण, जोश, चासो र धैर्यता चाहिन्छ ।

अहिले अनलाइन र अफलाइन धेरै स्रोत सजिलैसँग उपलब्ध छन्, जसबाट छिटो र प्रभावकारी रूपमा कोड सिक्न सकिन्छ ।

१. आफ्नो आधारभूत ज्ञानमा पोख्त हुनुहोस् 

एक साधारण गल्ती जुन विद्यार्थी वा सुरुवातकर्ताले प्रोग्रामिङ सिक्दै गर्दा गर्ने गर्छ, त्यो हो आधारभूत कुरा छोड्नु र सिधै अर्को एडभान्स कुरा सिक्न खोज्नु ।

प्रोग्रामिङको एडभान्स अवधारणा बुझ्न पहिले प्रोग्रामिङको आधारभूत कुराबारे धेरै स्पष्ट हुन आवश्यक छ । यदि बेसिक कुरा नसिकी एडभान्स सिक्न खोज्ने गल्ती गरिरहनु भएको छ भने तपाईंले केही चरणमा धेरै भ्रमको सामना गर्नुपर्छ र फेरि आधारभूत कुरा सिक्न फर्कनुपर्छ ।

आधारभूत कुरामा data structures, variables, control structures, syntax, tools, or text editors पर्दछन् । यस्ता आधारभूत कुरालाई स्किप गर्नु भनेको आफूलाई भविष्यमा कठिनाइसँग सामना गर्नुपर्ने अवस्थाको सिर्जना गर्नु जस्तै हो ।

प्रोग्रामिङ सिक्दै गर्दा सिक्ने व्यक्तिको मनमा आउने अर्को प्रश्न यो पनि हुन्छ कि, म कुन प्रोग्रामिङ ल्याङ्वेज सिकुँ ?

कुनै पनि प्रोग्रामिङ ल्याङ्वेज सिक्नका लागि सुरुवाती विद्यार्थीले ‘सी’ प्रोग्रामिङ ल्याङ्वेज छान्नु उपयुक्त हुन्छ । किनभने यसमा धेरै आधारभूत कुरा सिक्ने अवसर मिल्छ ।

सजिलो छ भन्दैमा पाइथन सिक्न थालियो भने आधारभूत कुरा स्किप हुन्छ । पाइथनमा धेरै ब्युल्ट लाइब्ररी हुन्छ र सुरुमै ब्युल्ट लाइब्ररी प्रयोग गर्न थालियो भने बेसिक कुरा सिक्न छुट्छ ।

एउटा प्रोग्रामिङ ल्याङ्वेज छान्नुहोस् । त्यसमा अडिग रहनुहोस् । अर्को स्तरमा जानुअघि प्रोग्रामिङका सबै आधारभूत कुरामा प्रष्ट हुनुहोस् । यदि यो मार्ग पालना गर्नुहुन्छ भने कोडिङ सिक्न तपाईंको समग्र समय निश्चित रूपमा बचत हुनेछ ।

२.  पढेर मात्र होइन, अभ्यास गरेर सिक्नुहोस्

प्रोग्रामिङ सिक्ने क्रममा धेरैजसोले गर्ने सामान्य गल्ती भनेको किताब पढेर वा अभ्यास नगरी आफ्नो किताबको उदाहरण कोड हेर्नु हो । लूपहरू, कन्डिसनल, फङ्सन, क्लास, फाइल ह्यान्डलिङबारे पढ्न सजिलो छ ।

तर वास्तविक प्रोग्रामिङ नगरेसम्म बुझ्न सकिँदैन । तपाईंले साँच्चै आफ्ना हातले नै कोडिङलाई नियमित रूपमा अभ्यास गरिरहनुपर्छ । जब तपाईं प्रोग्रामिङ सुरु गर्नुहुन्छ, तपाईंले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

तपाईंलाई व्यवहारिक रूपमा कोड लागू गर्न र विशेष समस्याको समाधान खोज्न जरुरी हुन्छ । त्यहाँ कोड लागू गर्दा तपाईंको टाउको दुख्नसक्छ ।

जब तपाईं कोड लेख्नुहुन्छ, कोडसँगै खेल्नुहुन्छ, फरक परिणाम हेर्नका लागि कोड परिवर्तन गर्नुहुन्छ, कोड अप्टिमाइज गर्नुहुन्छ र विभिन्न समाधानकाे प्रयास गर्नुहुन्छ । तब मात्र तपाईंको तार्किक सोच क्षमता दिन प्रतिदिन सुधार हुँदै जान्छ । अन्ततः तपाईं धेरै चिज सिक्नुहुन्छ, जसले तपाईंलाई राम्रो प्रोग्रामर बनाउँछ ।

तपाईंले आफ्नै प्रोजेक्ट पनि निर्माण गर्नुपर्छ ।  कोडिङ च्यालेन्जमा भाग लिने, कोडिङ सम्बन्धित खेल खेल्ने लगायतले पनि सीप विकासमा टेवा पुग्छ ।

३.  कपिमा पनि कोड लेखेर बुझ्न खोज्नुहोस 

तपाईंलाई लाग्छ होला, जब कपि र पेनको सहायताले कोड चलाउन र जाँच गर्न सकिँदैन भने किन कपि कलमले कोड लेखेर समयको नाश गर्ने ?

तर जब तपाईं जागिरका लागि अन्तर्वार्तामा जानुहुन्छ, त्यहाँ तपाईंको मूल्याङ्कन गर्ने प्रक्रियामा हातद्वारा कोड समावेश गरिएको हुनसक्छ र तपाईंले त्यहाँ आउटपटुको बारेमा कोड नचलाई भन्नुपर्ने हुनसक्छ ।

हातले कपिमा कोडिङ लेख्नु पुरानो प्रविधि हो, तर यसले वास्तवमा प्रोग्रामरको दक्षताका लागि परीक्षण समावेश गर्दछ । हातले कपिमा कोडिङ लेख्नाले सिन्ट्याक्स र एल्गोरिदमको स्पष्ट बुझाइ हुनसक्छ । 

 ४. दक्ष व्यक्तिसँग मद्दत माग्नुहाेस्, आफूले जानेका कुरा सिकाउनुहोस्, छलफल गर्नुहोस् 

प्रोग्रामिङ सजिलै र चाँडै बुझ्ने सबैभन्दा राम्रो तरिकामध्ये एक शिक्षण हो । कसैलाई सिकाउनु, आफ्नो ज्ञान आदान-प्रदान गर्नु, अन्य प्रोग्रामरसँग छलफल गर्नुले तपाईंलाई चाँडै राम्रो प्रोग्रामर बनाउँछ ।

कसैलाई सिकाउनु भनेको आफैंलाई पनि सिकाउनु हो । त्यसैले यदि तपाईं कसैलाई सिकाउन सक्षम हुनुहुन्छ भने यसको मतलव तपाईंले वास्तवमा आफूले बुझ्नुभएको छ भन्ने कुराको संकेत गर्छ । गहिराइमा केही सिक्नु सबैभन्दा राम्रो बानी हो ।

तपाईं खुला प्रोजेक्टहरुमा पनि भाग लिन सक्नुहुन्छ । तपाईंका सह-प्रोग्रामरहरूसँग आफ्नो कोडबारे छलफल गर्न सक्नुहुन्छ । गिटहबमा योगदान दिन सक्नुहुन्छ । फोरम वा छलफल साइटबाट पनि मद्दत लिन सक्नुहुन्छ ।

तर जब तपाईं जागिरका लागि अन्तर्वार्तामा जानुहुन्छ, त्यहाँ तपाईंको मूल्याङ्कन गर्ने प्रक्रियामा हातद्वारा कोड समावेश गरिएको हुनसक्छ र तपाईंले त्यहाँ आउटपटुको बारेमा कोड नचलाई भन्नुपर्ने हुनसक्छ ।हातले कपिमा कोडिङ लेख्नु पुरानो प्रविधि हो, तर यसले वास्तवमा प्रोग्रामरको दक्षताका लागि परीक्षण समावेश गर्दछ । हातले कपिमा कोडिङ लेख्नाले सिन्ट्याक्स र एल्गोरिदमको स्पष्ट बुझाइ हुनसक्छ । 

 ४. दक्ष व्यक्तिसँग मद्दत माग्नुहाेस्, आफूले जानेका कुरा सिकाउनुहोस्, छलफल गर्नुहोस् 

प्रोग्रामिङ सजिलै र चाँडै बुझ्ने सबैभन्दा राम्रो तरिकामध्ये एक शिक्षण हो । कसैलाई सिकाउनु, आफ्नो ज्ञान आदान-प्रदान गर्नु, अन्य प्रोग्रामरसँग छलफल गर्नुले तपाईंलाई चाँडै राम्रो प्रोग्रामर बनाउँछ ।

कसैलाई सिकाउनु भनेको आफैंलाई पनि सिकाउनु हो । त्यसैले यदि तपाईं कसैलाई सिकाउन सक्षम हुनुहुन्छ भने यसको मतलव तपाईंले वास्तवमा आफूले बुझ्नुभएको छ भन्ने कुराको संकेत गर्छ । गहिराइमा केही सिक्नु सबैभन्दा राम्रो बानी हो ।

तपाईं खुला प्रोजेक्टहरुमा पनि भाग लिन सक्नुहुन्छ । तपाईंका सह-प्रोग्रामरहरूसँग आफ्नो कोडबारे छलफल गर्न सक्नुहुन्छ । गिटहबमा योगदान दिन सक्नुहुन्छ । फोरम वा छलफल साइटबाट पनि मद्दत लिन सक्नुहुन्छ ।

यदि प्रोग्रामिङ सिक्न खोज्नुहुन्छ भने मद्दत माग्न नहिच्किचाउनुहोस् ।

५ . अनलाइन स्रोत प्रयोग गर्नुहोस्

धेरै अनलाइन स्रोतहरू निःशुल्क उपलब्ध छन् । युट्युव सबैभन्दा उपयुक्त सुरुवाती ठाउँ हुनसक्छ, जहाँ प्रोग्रामिङ सिक्न सकिन्छ । त्यसैगरी Udemy Coursera अनि आधिकारिक Documentation बाट पनि धेरै कुरा सिक्न सकिन्छ ।  

https://unelma.io/jY80n