काठमाडौं । पछिल्लो सयम प्रविधिको प्रयोग र त्यसका लागि अवश्य पूर्वाधार विकासले फड्को मारेको छ । सँगै विद्युतीय माध्यमबाट हुने भुक्तानीमा समेत उल्लेख्य वृद्धि हुँदै आएको छ । यस्तोमा सेवा लिनका लागि बैंकमै पुग्नु पर्ने बाध्यताहरू कम हुँदै गएका छन् ।

 

त्यसैलाई मध्यनजर गर्दै अब राष्ट्र बैंकले कर्जा आवेदनदेखि कर्जा प्रवाह गर्नेसम्मको प्रक्रिया अनलाइनबाटै गर्न सक्ने गरी विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३ समेत) को दफा ११० को उपदफा(३) ले दिएको अधिकारका आधारमा यो मार्गदर्शन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

 

विद्युतीय प्रणालीमार्फत ग्राहकलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यका साथ यो मार्गदर्शन जारी गरिएको हो । मार्गदर्शनको उद्देश्य विद्युतीय कर्जा प्रणालीको विस्तार गरी त्यसप्रति सेवाग्राहीलाई अभ्यस्त बनाउनु, औपचारिक कर्जा प्रवाहको प्रक्रियालाई सरलीकृत गर्नु, ग्राहकका कर्जा आवश्यकताको बढ्दो अपेक्षा पूरा गर्नु र कर्जा प्रवाहको लागत कम गर्नु रहेको छ ।

 

मार्गदर्शन अनुसार बैंकहरूले विद्युतीय माध्यममार्फत कर्जा प्रवाह गर्दा आवश्यक पर्ने प्रक्रियामा भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई प्रतिनिधिको रुपमा संलग्न गराउने सक्ने व्यवस्था समेत गरेको छ । यसरी कर्जा दिँदा तलबी खाता अथवा पेसागत तथा व्यवसायिक आय जम्मा हुने खाताको हकमा बढीमा ५ लाख र अन्य खातको हकमा बढीमा दुई लाखसम्म दिन सकिने छ ।

 

यस्तो छ प्रक्रिया

मार्गदर्शनले विद्युतीय कर्जा प्रवाह गर्नका लागि ग्राहकसँग कर्जाको आवेदन लिन माध्यमको रुपमा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी छुट्टै पोर्टल व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । साथै बैंकहरूले मोबाइल एपमार्फत पनि कर्जा आवेदन लिन सक्ने जनाइएको छ ।

 

त्यसरी आवेदन प्राप्त भएपश्चात् बैंकहरूले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ विभिन्न क्षेत्रबाट विद्युतीय माध्यममार्फत प्राप्त गर्नुपर्ने जनाइएको छ । कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए/नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनु व्यवस्था मार्गदर्शनले गरेको छ ।

त्यसरी स्वीकृत भएको कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्ने समेत जनाइएको छ । कर्जासम्बन्धी कागजात विद्युतीय माध्यममा सुरक्षित रूपमा राख्ने व्यवस्था समेत मिलाउनु पर्ने जनाइएको छ ।

मार्गदर्शनको पुर्णपाठ

e-sathi_62227ccd8f346e40771aee216d8bc79d.png

https://unelma.io/tmDms