टोयोटाले अमेरिकामा विद्युतीय गाडी उत्पादन गर्न पछिल्लो समय लगानी बढाइरहेको छ । आफ्नो वेस्ट भर्जिनिया प्लान्टमा २४ करोड डलरको लगानी घोषणा गरेको केही महिनापछि नै कम्पनीले प्लान्टको क्षमता बढाउन थप सात करोड ३० लाख डलर लगानी थप्ने घाेषणा गरेकाे छ ।

याे प्लान्टबाट कम्पनीले प्रतिवर्ष ६ लाख गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । प्लान्टका कामदारले पनि विद्युतीय मोटरको उत्पादनलाई बलियो बनाउन वार्षिक रूपमा लगभग १२०,००० रियर मोटर स्टेटर तयार गर्ने कम्पनीले बताएको छ ।

प्लान्टले हाल प्रति वर्ष १० लाख ट्रान्समिसन र इन्जिनहरू उत्पादन लाइन बन्द गर्न सक्छ । छिट्टै नै प्लान्टमा थप दुई अर्ब डलर लगानी गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले उत्तरी अमेरिकाको बजारको लागि आवश्यक विद्युतिय गाडीको पार्टपुर्जाहरू निर्माण गर्ने बताएको छ । यसले प्लान्टमा टोयोटाको कुल लगानी ३८ करोड ९० लाख डलरमा ल्याउँछ ।

टोयोटाको २०२५ सम्ममा आफ्नो सम्पूर्ण लाइनअपका साथै लेक्सस सवारी साधनहरूका लागि विद्युतीकरण विकल्पहरू प्रदान गर्ने र २०३० सम्ममा ३० वटा विद्युतीय गाडीका मोडलहरू सार्वजनिक गर्ने लक्ष्य छ ।
https://unelma.io/Dzn6N