काठमाडौं । मोजिल्ला फायरफक्स ब्राउजरको टिमले प्राय फेसबुकको खण्डन गर्ने गर्छ । प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको विषयमा फेसबुक कमजोर रहेको भन्दै मोजिल्लाले आवाज उठाउँदै आएको छ । यतिबेला भने यी दुई कम्पनी एकै ठाउँमा काम गरिरहेको पाइएको छ ।

 

अनलाइनमा हुने विज्ञापनको प्रभावकारिता र त्यसलाई प्रयोगकर्ताको गोपनीयतासँग जोड्नेगरी यी दुई कम्पनीले सँगै काम गरेका हुन् ।

 

मोजिल्लाले आफ्नो ब्लग पोस्टमार्फत यस विषयमा जानकारी दिएको हो । योसँगै लामो समयदेखि मोजिल्ला ब्राउजर प्रयोग गर्दै आएका प्रयोगकर्ताले यसको आलोचना गरेका छन् ।

 

तर, कम्पनीले भने यो सहकार्य विज्ञापन मापन टुल निर्माणका लागि मात्रै भएको बताएको छ ।

 

फेसबुक र मोजिल्लाको सहकार्यमा ‘इन्टरनअप्रेवल प्राइभेट एट्रीब्युसन (एपीआई)’ निर्माणको काम विगत तीन महिनादेखि चल्दै आएको छ । जसले विज्ञापनदातालाई अनलाइनमा गरिएको विज्ञापनको प्रभावबारे जानकारी दिनेछ ।

 

‘यो भन्दैमा अनलाइन विज्ञापनलाई प्रोत्साहन दिने प्रयोगकर्ताको डेटा दुरुपयोग गर्ने भन्ने होइन’, मोजिल्लाले भनेको छ, ‘हामी हाल उपलब्ध फिचरभन्दा अझ बढी प्राइभेसीमा फोकस भएका छौं । यसले प्रयोगकर्ताको गोपनीयतालाई कायम राख्न अझ बढी मद्दत गर्नेछ ।’  

https://unelma.io/fHa4k