युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । युट्युवले आफ्ना क्रियटरका लागि आम्दानीको स्रोतको दायरा बढाउने तयारी गरेको हो ।

युट्युवले हालै एउटा ब्लग पोस्ट सार्वजनिक गर्दै क्रियटरका लागि थप पैसा कमाउन र आफ्नो पहुँच विस्तार गर्न सजिलाे बनाउन सहयाेग पुग्नेगरी नयाँ फिचर ल्याउन लागेको जानकारी दिएको छ ।

टिकटकजस्तै युट्युवकाे छोटो भिडियोहरू पोस्ट गर्ने प्लेटफर्म ‘शर्ट्स‘ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याउन लागिएको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले ‘ब्राण्ड कनेन्ट’ (BrandConnect) मार्फत ब्राण्डेड कन्टेन्ट बनाउने अवसर पाउनेछन् । साथै शर्ट्सबाटै किनमेल गर्न ‘सुपर च्याट’ एकीकृत गर्ने कम्पनीले जनाएकाे छ ।

किनमेलसँग सम्बन्धित भिडिओहरू राख्ने तथा लाइभ किनमेल गर्नेबाहेक यसका लागि अन्य फिचर पनि थप हुने कम्पनीले जनाएको छ ।

योसँगै युट्युवले धेरै नयाँ फिचर थप गर्ने भएको छ । क्रियटरहरूलाई लक्षित गरेर टिकटकमा जस्तै शर्ट्समा पनि नयाँ भिडिओ इफेक्टस, एडिटिङ टुल्स साथै कमेन्टहरूको हकमा पनि नयाँ सुविधा थपिने भएकाे छ । फलस्वरूप क्रियटरहरू निकट भविष्यमा राम्रा शर्ट भिडिओ बनाउन सक्षम हुनेछन् ।

साथै टिकटकमा जस्तै निश्चित कमेन्टलाई रेस्पोन्स गरी भिडिओ (शर्ट्स) बनाउने सुविधा पनि थप हुने भएको छ ।

साथै यही वर्षदेखि युट्युवले ‘लाइभ टुगेदर’ फिचर पनि ल्याउँदैछ, जसमा दुई जना प्रयोगकर्ता एकैपटक लाइभमा बस्न सक्छन् । यो वर्ष युट्युवको लेआउटमा पनि धेरै परिवर्तन आउने बताइएको छ ।
https://unelma.io/UVnk8