र्‍यानसमवेयर आक्रमणबाट संकलन हुने रकमको ७४ प्रतिशत रुसी ह्याकरसँग पुगेको देखिएको छ । साइबर सेक्युरिटी फार्म चेनालिसिसले गरेको एक अध्ययनले सन् २०२१ मा र्‍यानसमवेयर आक्रमणबाट संकलन भएको ठुलो हिस्सा रुसी ह्याकरको कब्जामा रहेको देखाएको हो ।

अध्ययन अनुसार विश्वमा सन् २०२१ मा भएको कुल र्‍यानसमवेयर आक्रमण मध्य धेरै जसो रुसी ह्याकरबाटै भएको छ । भने, त्यसबाट फिरौतीको रुपमा प्राप्त हुने क्रिप्टोकरेन्सी पनि उनीहरूसँग बढी रहेको छ । गत वर्षमात्रै रुसी ह्याकरले ४० करोड डलर रकम हात पारेको र त्यसरी प्राप्त भएको रकम क्रिप्टोकरेन्सीका रुपमा तिरिएको जनाइएको छ ।

अध्ययनले देखाएको यो विषय रुस सरकारले भने निराधार रहेको बताएको छ् । हुन त रुसले ह्याकरहरूलाई संरक्षण प्रदान गर्दै आएको भन्दै लामो समय देखी पश्चिमा मुलुकहरूले आलोचना गर्दै आएका छन् । तर, रुस सरकारले भने साइबर अपराधीहरूलाई कुनै संरक्षण नभएको बताउँदै आएको छ । 
https://unelma.io/xv6C7