गुगल प्ले स्टोरबाट आईएमई पेको मोबाइल एप हराएको छ । गुगल प्ले स्टोरमै एप नभेटिएपछि एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आईएमई पे डाउनलोड गर्न पाइरहेका छैनन् ।

कम्पनीका अनुसार बिहीबार दिउँसोदेखि गुगल प्ले स्टोरबाट आईएमई पे डाउन भएको हो । यद्यपि एप डाउन हुनुको कारण अहिलेसम्म खुल्न नसकेको कम्पनीले  जनाएको छ ।

‘गुगलले एप अपडेटको रिभ्युको चरणमा एप डाउन गरेर राखेको जस्तो छ,’ कम्पनीका एक अधिकारीले टेकपानालाई भने, ‘हामी गुगलसँग यस विषयमा निरन्तर सम्पर्कमै छौँ । एप डाउन गरिनुको कारण सहित रिभ्यु प्राप्त भएपछि हामी त्यसै अनुसार सम्बोधन गरेर पुनः प्रक्रिया अगाडि बढाउँछौँ ।’

एन्ड्रोइड प्रयोगकर्ताले अब आईएमई पे डाउनलोड  गर्न गुगल प्ले स्टोरमा फर्किने समय कुर्नुको विकल्प छैन । कम्पनीले नियामकको रुपमा रहेको गुगल ले नै एप डाउन गरेको भन्दै साइडलाइन डाउनलोडका लागि एपीके उपलब्ध गराउने कुनै योजना नरहेको बताएको छ ।

यस अघि अर्को मोबाइल वालेट खल्तीको एप समेत यसैगरी गुगल प्ले स्टोरबाट गायब भएको थियो । रिभ्यु पश्चात ४८ घन्टापछि मात्र खल्तीको मोबाइल एप गुगल प्ले स्टोरमा फिर्ता भएको थियो ।
https://unelma.io/WxSNN