यदि तपाईं एप्पलको पुरानो प्रयोगकर्ता हुनुहुन्छ र ती डिभाइस आफूसितै राख्नुभएको छ भने तपाईं भाग्यमानी हुन सक्नुहुन्छ । एप्पलका पुराना डिभाइस बेचेर प्रयोगकर्तालाई लाखौं कमाउने अवसर आएको छ ।

पछिल्लो समय एप्पलका पुराना डिभाइसको भ्यालु निरन्तर बढिरहेको छ । ई-कमर्स प्लेटफर्म ई-बेमा पहिलो पुस्ताको आईफोनकाे भ्यालु १८ हजार युरो (२४ लाख ३५ हजार रूपैयाँ बढी) पुगेको छ ।

त्यस्तै इगल-आई कलेक्टरमा एप्पलको पहिलो आईप्याड क्लासिकको मूल्य ३६ हजार युरो पुगेको छ । विगतलाई हेर्न हो भने यी डिभाइस केही समयअघि मात्रै सार्वजनिक भएको जस्तो लाग्छ ।

तर, यति छोटो समयमै एप्पलका उत्पादन बहुमूल्य वस्तुको रुपमा संकलन गर्न थालिएको छ । पुराना प्रविधिलाई नयाँ प्रविधिले विस्थापित गर्दै जाँदा ई-बे, इगल–आई कलेक्टर जस्ता संस्थाले पुराना प्रविधिलाई रिसेल गरिरहेका छन् ।

बजारमा नयाँ प्रडक्ट, नयाँ फिचरका साथ सस्तो मूल्यमा उपलब्ध भएपनि कनेक्टरहरूले पुराना सामग्री खरिद गरिरहेका छन् । आज एप्पलको पुरानो कम्प्युटरको तुलनामा कम्पनीका अन्य कुनै पनि उत्पादनलाई दाँज्न मिल्ने अवस्था छैन ।

नयाँ फिचर, धेरै स्टोरेज, नयाँ प्रविधियुक्त म्याकबुकको तुलनामा एप्पलको पहिलो पीसीको मूल्य कयौं गुणा बढी छ । कुनै समयमा ४४ सय युरोमा बिक्री भएको एप्पल-वान कम्प्युटर अक्सनमा ६ लाख ६० हजार पाउण्डमा बिक्री भएको छ ।

यसले उच्च मूल्यका सामाग्री उत्पादन गर्ने एप्पलका सामग्रीलाई जतन गरेर राख्न सकेको खण्डमा यसले कुनै समय तपाईंले राम्रो रकम फिर्ता गर्ने देखाउँछ ।
https://unelma.io/ChDOe