अपाङ्गता भएका स्याङ्जाको वालिङ–९, पीपलटारीस्थित लीला राउत क्षेत्रीको परिवारलाई मानव सहायता समूह काठमाडौँले एक लाख १० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

समूहमार्फत देश तथा विदेशमा रहेका टिकटक प्रयोगकर्ता नेपालीबाट संकलन भएको उक्त रकम घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

मानव सहायता समूह नेपालमा आबद्ध तथा देशविदेशमा रहेका टिकटक प्रयोगकताबाट संकलन भएको रकम हस्तान्तरण गरिएको समूहका अध्यक्ष टीकाप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सामाजिक सञ्जालको दुरुपयोग भइरहेका बेला यसलाई मानव सेवाका क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ भन्ने पवित्र भावनासहित अगाडि बढेका थियौँ, सफल पनि भयौँ’, अध्यक्ष तिमिल्सिनाले भने ।

आफ्ना तीन सन्तानमध्ये जेठो र कान्छो छोरा जन्मैदेखि अपाङ्गता भएको आमा लीला राउत क्षेत्रीले बताइन् । याे खबर गाेरखापत्रमा प्रकाशित छ ।
https://unelma.io/3amz3