विश्वको सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ एएन-२२५’ रूसी आक्रमणको क्रममा युक्रेनमा नष्ट भएको छ । युक्रेनमाथि रुसले युद्ध थालेको चार दिन पुग्दा विश्वकै ठूलो विमान निशानामा परेको हो ।

युक्रेनको राजधानी किएभ नजिकैको एयरफिल्डमा पार्क गरेर राखिएको सो विमान रुसी आक्रमणको दौरान नष्ट भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

युक्रेनी भाषामा यो विमानलाई ‘म्रिया’ वा सपनाको नामले चिनिन्छ ।

‘रूसले हाम्रो ‘म्रिया’ लाई नष्ट गरेको हुनसक्छ । तर उनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्नसक्ने छैनन् । हामी जित्नेछौं,’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीटरमा लेखेका छन् ।
https://unelma.io/pAT2X