रियलमीले मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी १५० अल्ट्राडार्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले रियलमी स्मार्टफोन सिरिज जीटी टुसँगै यो नयाँ चार्जर प्रस्तुत गरेको हो ।

१५० वाटको चार्जरबाट पाँच मिनेटमा मोबाइलको ब्याट्री ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यो चार्जरमा तीन ओटा प्रविधिको प्रयोग गरिएको छ ।

जसमा मल्टी बुस्ट चार्जिङ पम्प, टेम्प्रेचर म्यानेजमेन्ट एल्गोरिदम र नयाँ लिथियम ब्याट्री रहेका छन् । आफ्नो यो चार्जरले ब्याट्रीको तापक्रम ४३ डिग्रीभन्दा कम राख्दै पाँच मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्षम हुने कम्पनीको भनाई छ ।

रियलमीको यो अल्ट्राडार्ट चार्जिङ प्रविधि १०० देखि २०० वाट चार्जिङ पावर सपोर्ट गर्ने विश्वकै पहिलो प्रविधि हो । रियलमीले आफ्नो यो चार्जिङ प्रविधिको डेमो समेत मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा देखाएको छ ।

यद्यपि कम्पनीले रियलमी जीटी नियो थ्री १५० वाट चार्जिङ सहित उपलब्ध हुने विषयमा कुनै स्पष्ट जानकारी दिएको छैन । अर्कोतर्फ वनप्लसले यसै वर्षको अन्त्यसम्म १५० वाट चार्जिङ सपोर्ट सहित आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्नेछ ।

रियलमीको यो चार्जरको प्रतिस्पर्धा साओमीको ११ आई हाइपर चार्ज फाइभजीसँग हुनेछ । जसमा १२० वाट फास्ट चार्जिङ सपोर्ट रहेको छ । साओमीको यो चार्जरको सहयोगमा १७ मिनेटमा मोबाइलको ब्याट्री फुल चार्ज हुने दाबी गरिएको छ ।  
https://unelma.io/fivBf