सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क तथा निश्चित प्रतिशत छुटमा यस्तो चुलो वितरण गर्ने भएको छ ।

केन्द्रले प्रकाशित गरेको सूचनामा दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरू यसबाट लाभान्वित हुनेछन् । यसका लागि स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूले आवेदन दिन पाउनेछन् ।

एलपी ग्यासको मूल्य बढ्दै गएको अवस्थामा विद्यार्थीहरूलाई राहत स्वरुप विद्युतीय चुलो वितरण गर्न लागिएको हो । यसबाट विद्युतीय चुलोको प्रवर्द्धन समेत हुने केन्द्रको विश्वास छ ।

विद्युतीय चुलोका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिसपत्र समावेश गर्नुपर्नेछ । आवेदन फारामका लागि यहाँ क्लिक गर्नुहोस् र शिक्षण संस्थाको सिफारिसको नमूनाका लागि यहाँ क्लिक गर्नुहोस् ।

अब यहाँ क्लिक गरेर आवश्यक कागजात सहितको आवेदन ई-मेलमार्फत पठाउन तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र जैविक ऊर्जा शाखा मध्य बानेश्वर काठमाडौंमा पत्राचार गर्न पनि सक्नुहुनेछ । आवेदन बुझाउने अन्तिम मिति यही फागुन २५ गतेसम्म रहेको छ ।
https://unelma.io/C9FFe