काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साना कम्पनी तथा स्टार्टअपलाई समेत पूँजी बजारमा प्रवेश गर्ने बाटो खुला गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले लगानीकर्ता समान स्तरका नहुने कुरा मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन् ।

 

धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूको स्वागत कार्यक्रममा मन्त्री शर्माले पुँजीबजार सुधारका लागि ११ निर्देशन जारी गरेका थिए । विशेषगरी एसएमई तथा ओटीसी बजारको विकास गरी भेन्चर क्यापिटल समेतको आधारमा साना कम्पनीहरूको  लागी आवश्यक बजारको विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

 

त्यस्तै २०७५ देखि सञ्चालनमा आएको टीएमएसले केही सहजता ल्याए पनि अझै प्रयोगकर्तामैत्री नभएको गुनासो आइरहेको तर्फ समेत अर्थमन्त्री शर्माले चासो व्यक्त गरेका छन् ।

 

‘यस्ता गुनासो समाधान गर्नुपर्ने आवश्यकता छ,’ उनले निर्देशन दिँदै भने, ‘त्यसैगरी अटोमेसन अक्सन सुरु गर्नुपर्ने आवश्यकता पनि छ । अक्सन बजार लिलामीबाट सुरुमा बिक्री हुन नसकेका शेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउनु होला ।’

https://unelma.io/DA0Vy