२२ फाुगन, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएपछि आन्तरिकतर्फ हवाई भाडा समेत बढेको छ । वायुसेवा सञ्चालक संघका अनुसार अहिले नेपालको सबैभन्दा लामो हवाई रुट विराटनगर-नेपालगन्जमा ५४० रुपैयाँ भाडा बढेको छ ।

काठमाडौंबाट सबैभन्दा लामो दूरीको उडान धनगढीका लागि साविकको तुलनामा ४५० रुपैयाँ बढी भाडा पर्ने छ । नेपाल आयल निगमका अनुसार आन्तरिक हवाई इन्धनको खरीद मूल्य ११२.९२ रुपैयाँ हो । यसमा निगमले २३.८ रुपैयाँ नाफा राखेर मूल्य १३६ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ ।

यससँगै वायुसेवा कम्पनीहरुले समेत आन्तरिक उडानको भाडा बढाएका हुन् । हवाई भाडामा सबैभन्दा ठूलो हिस्सा इन्धनको शूल्क राखिएको छ । बढेको मूल्य सोही शूल्क हो । वायुसेवा संचालक संघका अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि ३४० रुपैयाँ भाडा बढी तिर्नुपर्छ ।

पोखरा-भद्रपुरको भाडा साविकभन्दा ४०५ रुपैयाँ धेरै पर्नेछ । विराटनगरबाट हुने माउन्टेन फ्लाइटको भाडा साविकभन्दा ३२० रुपैयाँ बढी पर्ने सघंले जनाएको छ । हवाई भाडा बढ्दा यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने भन्दै वायुसेवा संचालकहरुले निगमलाई पत्र लेखि अत्यधिक नाफा नराख्न भनेका थिए ।

https://unelma.io/JRSKL