अब सहकारी संस्थाहरूले पनि एटीएम कार्ड जारी गर्नसक्ने भएका छन् । आफ्ना बचतकर्ताहरूको सहजताका लागि सहकारी संस्थाहरूले एटीएम जारी गर्न सकिने गरी राष्ट्रिय सहकारी बैंकले आइतबारदेखि भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य गरेको हो ।

एससीटी र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा सहकारी बैंकले आइतबारबाट एटीएम कार्ड सेवा सुरु गरेको छ । यससँगै सहकारी संस्थाहरूले ‘कोप कार्ड’ ब्रान्डमा आफ्ना सदस्यहरूलाई एटीएम सेवा दिन पाउनेछन् ।

सहकारी संस्थाहरूले उपलब्ध गराएको एटीएम कार्ड ग्लोबल आइएमई बैंकका देशभर रहेका जुनसुकै एटीएम काउन्टरमा निःशुल्क प्रयोग गर्न सकिने छ । त्यसैगरी देशभित्रका अन्य बैंकको एटीएम मसिनमा समेत कोप कार्ड प्रयोग गर्न सकिनेछ । सहकारी बैंकका अनुसार सहकारी संस्थाले उपलब्ध गराएको एटीएम कार्ड भारतमा पनि प्रयोग गर्न सकिने छ । 
https://unelma.io/n4gA