व्यवसायिक भुक्तानीको प्लेटफर्म कर्पोरेट पे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप भएको छ ।

बैंक/वित्तीय संस्थाका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकले अब अनलाइन माध्यमबाट प्रारम्भिक रजिष्ट्रेसन प्रक्रिया पुरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुरु गर्न सक्नेछन् ।

साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक-पटक गरिने भुक्तानीको लागि क्विक पेमेन्ट, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।

अनलाइन रजिष्ट्रेसनका निम्ति बैंक/वित्तीय संस्थाका व्यवसायिक ग्राहकहरुले यहाँ गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप हाइरार्कियल रोल असाइन गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रक्रिया पुरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुरु गर्न सक्नेछन् ।

यस अनलाइन सुविधासँगै ग्राहकले बैंक/वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पुरा गरी बैंकबाट एक पटक मात्रै अप्रुभल लिई सेवा सुचारु गर्न सकिने हुँदा थप सहज हुने अपेक्षा गरिएको छ ।
https://unelma.io/zTs0o