एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट निःशुल्क रूपमा आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ । बैंकले यही चैत १ देखि आउँदो वैशाख ३१ गतेसम्म लागू हुनेगरी यो योजना ल्याएको हो ।

योसँगै ‘एनआईसी एसिया मोबैंक’ एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ ।

यसका लागि मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट’ आइकन क्लिक गरी रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख गरी पठाउन सकिने छ ।

यसरी पठाइएको रेमिट्यान्स रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टमार्फत सहजै झिक्न सकिने पनि बैंकले जनाएको छ ।

साथै बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत नै बुझ्न सकिने पनि जनाइएको छ ।

यसका लागि प्रयोगकर्ताले एपमा रहेको ‘रेमिट्यान्स’ आइकनमा ट्याप गरेर ‘रिसिभ रेमिट’ भित्र आफूलाई प्राप्त रकम र ‘युनिक पीन’ भरेर रकम खातामा स्थानान्तरण गर्न सक्नेछन् ।

यो सेवाले बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटलाई अन्त्य गर्ने बैंकको विश्वास छ ।
https://unelma.io/8vro1