भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज पत्रकार सम्मेलन मार्फत् भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिएकी छन्। 

गत शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने भएको हो। 

भारतले यसअघि १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुली मात्रै किन्दै आएकोमा अब कालीगण्डकी जलविद्युत् आयोजनाको एक सय ४० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट र मध्य मस्र्याङ्दी आयोजनाको ६८ मेगावाट बिजुली किन्न सहमति जनाएको छ। 

For more details 

https://unelma.io/WIHOV