वनप्लसकाे स्मार्टटिभी नेपाली बजारमा सार्वजनिक भएकाे छ । ४३वाई वान सिरिजको यस फुल एचडी एन्ड्रोइड टिभीमा कम्पनीले १४ हजार रूपैयाँ छुट दिने घाेषणा गरेकाे छ ।

४३ इन्च टिभीमा नोइज रिडक्सन, डाइनामिक कन्ट्रास्ट, कलर स्पेस म्यापिङ लगायतका फिचर सहितको १९२०x१०८० पिक्सेल डिस्प्ले उपलब्ध छ ।

डल्बी अडियो फिचर सहित यसमा एन्ड्रोइड टिभी ९.० अपरेटिङ सिस्टम दिइएको छ । साथै टिभीमा ईन-बिल्ट प्राइम भिडिओ, नेटफ्लिक्स, युट्युव र गुगल प्ले स्टोरका एप उपलब्ध छन् ।

यो टिभीलाई प्रयोगकर्ताले गुगल असिस्टेन्ट ‘अलेक्जा’ को मद्दतले भोइस कन्ट्रोल पनि गर्न सक्छन् । अन्य एन्ड्रोइड टिभीमा जस्तै यसमा पनि बिल्ट-ईन क्रोमकास्ट फिचर दिइएको छ ।

कल मोबिलिटी प्रालिले नेपाली बजारमा भित्र्याएकाे यो टिभीको मूल्य ६९ हजार ९९० रुपैयाँ तोकिएको छ । यद्यपि इन्ट्रडक्टरी अफरको रुपमा अहिले खरिद गर्ने ग्राहकले यो टिभी ५५ हजार ९९० मा नै खरिद गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

https://unelma.io/zLveA