गुगलले आफ्नो प्ले स्टोरबाट एक दर्जनभन्दा बढी एप हटाएको छ । प्रयाेगकर्ताको ठेगाना, फोन नम्बर, ईमेल ठेगाना लगायतका जानकारी गोप्य रुपमा पत्ता लगाउने एप हटाइएकाे हाे ।

यसअन्तर्गत क्यूआर कोड स्क्यानर, मौसमी जानकारी दिने एप, मुस्लिमको प्रार्थना गर्ने एप लगायत छन् । रिपाेर्ट अनुसार केही एप एक कराेडभन्दा बढी पटक डाउनलोड भइसकेकाे छ ।

गुगलले यसअघि पनि एप डेभलपरहरूलाई गुगलको नियम पालना गर्न भन्दै चेतावनी दिएको थियो ।

यी एपका बारे पत्ता लगाउने सुरक्षा अनुसन्धानकर्मीका अनुसार एपहरूमा सफ्टवेयर डेभलपमेन्ट किट (SFK) प्रयोग भएको थियो, जसले तेस्रो पक्षलाई प्रयोगकर्ताको निजी जानकारी पठाउँछ ।

एपले गोप्य रूपमा प्रयोगकर्ताहरूको संवेदनशील डेटा, तिनीहरूको फोनको आईएमईआई नम्बर सहित, पानामा स्थित ‘मेजरमेन्ट सिस्टम’ नामक कम्पनीमा पठाएको पत्ता लागेको हो ।

यदि तपाईंको फोनमा पनि यी एप छन् भने तुरुन्त हटाउनुहोस् ।

Speed Camera Radar
Al-Moazin Lite (Prayer Times)
WiFi Mouse(remote control PC)
QR & Barcode Scanner
Qibla Compass – Ramadan 2022
Simple weather & clock widget
Handcent Next SMS-Text w/ MMS
Smart Kit 360
Al Quran Mp3 – 50 Reciters & Translation Audio
Full Quran MP3 – 50+ Languages & Translation Audio
Audiosdroid Audio Studio DAW – Apps on Google Play

https://unelma.io/gGRsP