फेसबुक अहिले सर्वाधिक प्रयोग भइरहेको सामाजिक सञ्जाल हो । फेसबुक चलाउँदै गर्दा तपाईंले पक्कै पनि फेक फेसबुक च्याटको ट्रोल देख्नुभएकाे होला ।

यस्ता फेक फेसबुक च्याट कसरी बन्छ भन्नेबारे कहिल्यै सोच्नुभएको छ ? आज तपाईं हामीले दैनिक देख्दै आएको फेक फेसबुक च्याट कसरी बनाइन्छ भन्नेबारे चर्चा गर्दैछाैं ।

केही एप वा वेबसाइट प्रयोग गरेर फेक फेसबुक च्याट सिर्जना गर्न सकिन्छ । तपाईंले यसरी फेक च्याट बनाएर नजिकका साथीभाइ तथा परिवारलाई प्र्यांक गर्न तथा हसाउन सक्नुहुन्छ । यसलाई तपाईंले मनोरञ्जनका लागि मात्रै प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि विभिन्न माेबाइल एप र वेबसाइट उपलब्ध छन्, जुन तपाईंले चाहे अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।

एन्ड्राेइड प्रयाेगकर्ता हुनुहुन्छ भने यस लिङ्कमा गएर ‘फेक च्याट’ एप डाउनलोड गर्नुहाेस् । वा, सोझै प्ले स्टोरमा ‘फेक च्याट’ सर्च गरी एप डाउनलोड गर्न सक्नुहुन्छ ।

यो एपमा तपाईंले फेसबुक लगईन गर्नु नपर्ने हुँदा कुनै पनि डेटा चाेरीकाे समस्या हुँदैन । अर्थात् तपाईंको फेसबुक डेटा याे एपमा स्टोर हुँदैन ।

डाउनलाेड गरिसकेपछि त्यसमा आफूले झुक्याउन चाहेको व्यक्तिको प्रोफाइल पिक्चर डाउनलोड गर्नपर्ने हुन्छ । फेक च्याट कुराकानी गर्न यी विधि अपनाउन सक्नुहुन्छ ।

-सबैभन्दा पहिले फेक च्याट एपमा जानुहोस् ।

-एप खुलिसकेपछि तलपट्टि तीनवटा आइकन देखिन्छ । पहिलो आइकन हामीलाई केही आवश्यक हुँदैन । अन्तिममा भएको आइकनको पनि केही काम छैन । हामीले विश्वस्त लाग्ने फेक च्याट बनाउनका लागि बीचको आइकन उपलब्ध हुन्छ ।