पछिल्लो समय अनलाइन लर्निङ प्लेटफर्ममा विद्यार्थीको आकर्षण बढेको छ । कोभिड महामारीसँगै वैकल्पिक कक्षाको अभ्यास थालनी हुँदा यस्ता लर्निङ प्लेटफर्मले बजार लिन थालेका छन् ।

अनलाइनबाटै पाठ्यपुस्तकका सामग्री विभिन्न स्वरुपमा पढ्न, हेर्न र सुन्न सकिने भएकाले यी प्लेटफर्म प्रभावकारी बनेका छन् । यहीबीचमा ‘हाम्रो एकेडेमी’ नामक लर्निङ प्लेटफर्मले माेबाइल एपबाटै अनलाइन एवं अफलाइन कक्षा उपलब्ध गराउँदै आएको छ

हाल कक्षा १२ र चार्टड अकाउन्टेड (सीए) का पाठ्यक्रम समेटिएको ‘हाम्रो एकेडेमी’ एपमा अन्य क्लासका कोर्ष थप्ने तयारी भइरहेकाे छ ।

‘हाम्रो एकेडेमी’ले विगत दुई वर्षदेखि विद्यार्थीका लागि अनलाइन कक्षा उपलब्ध गराउँदै आएको छ । सेन्ट जेभियर्स, पीईए, ग्लोबल कलेजलगायत शैक्षिक संस्थामा अध्यापन गराइरहेका शिक्षक/शिक्षिकाले तयार पारेका सामग्री एपमा समावेश छन् ।

कम्पनीका अनुसार विद्यार्थीहरूले आफूलाई आवश्यक पुस्ककको कोर्ष सुलभ मूल्यमा किन्न सक्छन् । त्यसअघि अन्य विद्यार्थीले सो कोर्षको भिडिओलाई दिएको रिभ्युलाई आधार बनाई किन्दा उपयुक्त हुनसक्छ ।

हाल उपलब्ध कक्षा १२ र सीएका कोर्षको भिन्नाभिन्नै मूल्य रहेको कम्पनीका सह-संस्थापक एवं निर्देशक मुकुल भाटले जानकारी दिए ।

कक्षा १२ को पाठ्यक्रम आवश्यक हुने विद्यार्थीले फिजिक्स, केमेस्ट्री, म्याथ र अकाउन्टका कोर्ष किन्न सक्छन् । यसका लागि प्रति विषयको शुल्क १९ सय ९९ रूपैयाँ निर्धारण गरिएकाे छ ।

त्यस्तै चार्टर अकाउन्टेन्सीका लागि तीनवटै तहका सम्पूर्ण पाठ्यक्रम छन्, जसको मूल्य विषय अनुसार फरक-फरक छ ।

नेपालका दूर-दराजका गाउँबाट विद्यार्थीले स्तरीय शिक्षा पाउनसक्ने भएकाले यो सबैका लागि उपयोगी हुने भाटले बताए ।

त्यस्तै तीनै ग्रामीण भेगका विद्यार्थीलाई मध्यनजर गर्दै एपमा भिडिओ अफलाइन डाउनलोड गर्ने व्यवस्था रहेको छ ।

विद्यार्थीले आफूलाई आवश्यक पाठ्यक्रमको भिडिओ इन्टरनेट उपलब्ध भएको खण्डमा एपमा डाउनलोड गर्न सक्छन् । यसले गर्दा विद्यार्थीलाई जुनसुकै समयमा आफूले डाउनलोड गरेको भिडिओ हेर्न सहज हुने भाटले जनाए ।

उनका अनुसार विद्यार्थीले युट्युवमा भिडिओ हेर्दा उनीहरूको ध्यान युट्युवले सजेसनमा देखाएका भिडिओमा जान्छ, जसले गर्दा विद्यार्थी आफूले खोजेको कोर्षमा केन्द्रित हुन सक्दैनन् ।

त्यस्तै युट्युवमा आएका विज्ञापनले पनि विद्यार्थीको ध्यान भङ्ग गर्ने हुँदा यसको विकल्पमा सबैभन्दा भरपर्दो ‘हाम्रो एकेडेमी’ हुने भाटको दाबी छ ।

कम्पनीले अब कक्षा ११ र स्नातक तहका लागि आवश्यक पाठ्यक्रमको भिडिओ उपलब्ध गराउने तयारी गरेकाे छ ।

भाटका अनुसार हाल तीन हजारभन्दा बढी विद्यार्थीले हाम्रो एकेडेमीको सेवा लिइरहेका छन् ।

कोर्षको शुल्क तिरेका विद्यार्थीले भिडिओमा आफूले नबुझेका कुरा सोध्न र भिडिओको रिभ्यु दिनसक्छन् । जसले गर्दा अन्य विद्यार्थीलाई कोर्ष कस्तो हुन्छ भन्ने जानकरी हुन्छ । यद्यपि विद्यार्थीले कोर्षको शुल्क तिर्नुअघि डेमो भिडिओ हेर्न सक्छन् ।

याे एप डाउनलाेड गर्न एन्ड्राेइड प्रयाेगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् 
https://unelma.io/QiIG7