डिजिटल वालेट आईएमई पेले निःशुल्क भिसा कार्ड उपलब्ध गराउन थालेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा आफ्नो स्टल भ्रमण गर्ने ग्राहकका लागि कम्पनीले यस्तो योजना ल्याएको हो ।

कम्पनीले नयाँ/पुराना सबै ग्राहकलाई स्टल भ्रमणमा तत्कालै कार्ड उपलब्ध गराइरहेको जानकारी दिएको छ । ग्राहकले बैंकको एटीमए कार्ड जसरी यो भिसा कार्ड प्रयोग गर्न सक्नेछन् ।

भिसा कार्डमार्फत् प्रयोगकर्ताले आईएमई पेमा रहेको पैसा भिसा कार्ड सर्पोट गर्ने एटीएमबाट निकाल्न सक्छन् । यसरी एटीएमबाट कार्ड निकाल्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
https://unelma.io/5wdsQ