एन्ड्रोइड फोनहरूमा कतिपय यस्ता फिचरहरू छन्, जसले हामीलाई धेरै हदसम्म सहज बनाए पनि दीर्घकालीन रूपमा धेरै असर गरिरहेका हुन सक्छन् । त्यसै मध्यको एक हो, फोनको ‘जीपीएस लोकेसन’ ।

प्रायः एपहरूले मोबाइल डिभाइसमा काम गर्नका लागि ‘जीपीएस लोकेसन’मा पहुँच मागिरहेका हुन्छन् । त्यस्ता एपको आवश्यकता हेरी तपाईँले जीपीएस लोकेसन अन राख्ने गर्नुहुन्छ होला ।

आज हामी तपाईंले आफ्नो मोबाइल डिभाइसको जीपीएस किन अफ राखिरहनु पर्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

यसकारण बन्द राख्नुपर्छ फोनको जीपीएस

 

-यदि तपाईंले आफ्नो फोनको जीपीएस अन राख्नुभएको छ बने तपाईंले प्रयोग गरिरहेका एपले तपाईं कुन कुन ठाउँमा जानुभयो भन्ने कुराको निगरानी गरिरहेका हुन्छन् । उदाहरणका लागि फेसबुक, गुगल र इन्स्टाग्रामले जीपीएस ट्रयाक गरी तपाईंका हरेक गतिविधि नियाली रहेका हुन्छन् ।

-जीपीएस अन राखिरहनु भयो भने त्यसले तपाईंको फोनको ब्याट्री खपत रहिरहेको हुन्छ । तपाईंले फोन प्रयोग नै नगरेपनि जीपीएस ब्याकग्राउन्डमा चलिरहन्छ र ब्याट्री खपत बढाउँछ ।

-तपाईँ कहाँ हुनुहुन्छ भन्ने आधारमा तपाईँलाई लक्षित गरी अनावश्यक विज्ञापनहरू आउने गर्छन् ।  

-तपाईंले त्यस्तो अवस्थामा जीपीएस अन गर्न पर्ने हुन्छ, जब तपाईं कतै बाहिर हुँदा त्यो क्षेत्रमा डरको अनुभूति भएको होस् ।

-कुन एप्लिकेसनले कुन प्रयोजनका लागि जीपीएस पहुँच मागेको छ भन्ने कुरा सो एप इन्स्टल गर्नुअघि राम्रोसँग बुझ्नुपर्ने हुन्छ ।

तपाईंको फोनमा भएका कुनकुन एपले तपाईँको जीपीएस प्रयोग गरिरहेका छन् ?

तपाईंको फोनमा भएका कुन कुन एप्लिकेसनले जीपीएस प्रयोग गरिरहेका छन् भन्ने कुरा जान्नका लागि आफ्नो फोनमा निम्नानुसारका प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

-सबैभन्दा पहिला आफ्नो फोनको सेटिङमा जानुहोस् ।

-त्यसपछि त्यहाँ एप्लिकेसन भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।

-पर्मिसन मेनेजर भन्ने अर्को अप्सन देखिन्छ, त्यसमा गएर लोकेसन भन्ने अप्सन छान्नुहोस् । 

-त्यसपछि तपाईंले कुन कुन एप्लिकेसनले जीपीएस प्रयोग गरी रहेका छन् भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । तपाईंले त्यसआधारमा आवश्यक नरहेको कुनै एप्लिकेसनको जीपीएस पहुँच रोक्न सक्नुहुन्छ ।
https://unelma.io/8rU6I