आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार ९९ हजार २ सय रुपैयाँमा छापावाल र ९८ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै गत शुक्रबार १ हजार ३२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । चाँदीको मूल्य शुक्रबारको तुलनमा आइतबार तोलामा २० रुपैयाँले घटेको हो ।
https://unelma.io/5yADX