गुगलले व्यक्तिगत पहिचान गराउने खालका जानकारीहरु गुगल सर्चबाट हटाउने निर्णय गरेको छ ।

व्यक्तिगत पहिचानको चोरी, वित्तीय ठगी, हानीकारक प्रत्यक्ष सम्पर्क तथा अन्य विभिन्न हानी नोक्सानीको परिणाम ल्याउनसक्ने सम्भावना भएका व्यक्तिगत पहिचानयुक्त जानकारीहरु (पर्सनल्ली आइडेन्टिफायबल इन्फर्मेसन) लाई हटाउने घोषणा गुगलले गरेको हो ।

साथै गुगलले व्यक्तिगत जानकारी हटाउनका लागि भन्दै आउने निवेदनका बारेमा निश्चित मापदण्डमा रहेर मूल्यांकन गरिने र त्यस्तो पुष्टि भएमा मात्र हटाइने जनाएको छ ।

निवेदनको मूल्यांकनका आधारमा गुगलले सबै अनुरोध बमोजिमका URL हरु हटाउने, निवेदकको आफ्नो नाम संलग्न URL मात्र हटाउन सक्नेछ । त्यस्तै निवेदनको मूल्यांकन गर्दा दाबी गरिएबमोजिम व्यक्तिगत पहिचानको जानकारी नरहेको पाइएमा गुगल सर्चबाट त्यस्तो सामग्री हटाउने छैन ।
https://unelma.io/k8NcY