https://unelma.io/MyDs3 

राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा वाई-फाई सेवा उपलब्ध गराउने भएको छ ।

निगमले आफ्नो सुधार गतिविधिमा वाइडबडी जहाजमा उच्च क्वालिटीको इन्टरनेट सुविधा दिन वाई-फाई जडान गर्ने योजनालाई अगाडि बढाएको हो ।

यो योजनालाई कसरी अगाडि लैजाने भन्ने विषयमा अध्ययन गर्न निगमले ९ सदस्यीय कार्यदल गठन गरेको निगमले जनाएको छ । कार्यदलमा इन्जिनियरिङ मेन्टिनन्स विभागको निर्देशक सहितको कार्यदल गठन गरेको हो ।

कार्यदलले आफ्नो काम सुरु गरिसकेको निगमले जनाएको छ । जहाजमा वाई-फाई सिस्टमको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने, ग्राहक सन्तुष्टिदर थप बढ्ने निगमले विश्वास लिएको छ ।

साथै यसले निगमको आम्दानीमा पनि सकारात्मक असर दिने कम्पनीको भनाइ छ ।