गिटहबले नेपालमा पहिलो पटक राष्ट्रियस्तरको छलफल कार्यक्रम गर्ने भएको छ । ‘गिटहब फिल्ड डे नेपाल’ नामक कार्यक्रममा विद्यार्थी तथा प्राविधि समुदायका सदस्यबीच अन्तर्क्रिया हुने बताइएकाे छ ।

कार्यक्रममा सहभागीले प्रविधिका विभिन्न विषय वा एजेन्डा छानेर त्यसबारे छलफल गर्न सक्नेछन् ।

सहभागीले कार्यक्रममा एकअर्काका विचार आदान-प्रदान गर्ने गिटहब फिल्ड डे नेपालकी कम्युनिकेसन एन्ड आउटरिच लिड युनिका बज्राचार्यले बताइन् ।

यसमा नेपालभरका विद्यार्थी र प्राविधि समुदायका व्यक्ति निःशुल्क सहभागी हुन पाउनेछन् । सो कार्यक्रममा सहभागी हुन कुनै किसिमको बायोडाटा आवश्यक नपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै काठमाडौं बाहिरका सहभागीलाई कम्पनीले आवश्यक परेको खण्डमा यातायात तथा बस्ने व्यवस्था मिलाउने बताएको छ ।

यस कार्यक्रममा सहभागी हुन यस लिंकमा गई दर्ता गर्न सकिनेछ ।

असार १२ गते ग्राण्ड नर्लिङ होटल्स रिसोर्ट काठमाडौंमा हुने कार्यक्रमलाई गिटहब एजुकेसन, गिटहब क्याम्पस विज्ञ र प्राविधिक विद्यार्थी समूहले सञ्चालन गर्नेछन् ।
https://unelma.io/FDU4K