आईएमई डिजिटल सोलुसनले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन, वानएक्स बेट, बाइनान्स जस्ता गैरकानूनी कारोबारमा कम्पनीको नाम जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका यस किसिमका कारोबारमा संलग्न पाइएका खाताहरूलाई कारबाही स्वरूप बन्द गरी कानून अनुसार थप कारबाही अगाडि बढाउने चेतावनी कम्पनीले दिएको हो ।

“अब उपरान्त यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउन चाहन्छौँ,” कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, “साथै आगामी दिनहरूमा हुनसक्ने कुनै पनि गैरकानूनी गतिविधिमाथि अझै थप कडाइका साथ अनुगमन तथा निरीक्षण गरी आवश्यक कानूनी कारबाही अगाडि बढाई सुरक्षित डिजिटल कारोबार कायम गर्ने हाम्रो प्रतिवद्धता व्यक्त गर्दछौँ ।”

क्रिप्टोकरेन्सी तथा बिटक्वाइन, वानएक्स बेट र बाइनान्स लगायतका कुनै पनि अवैधानिक गतिविधि गर्ने गराउनेसँग आफ्नो कुनै सहकार्य नरहेको समेत कम्पनीले स्पष्ट पारेको छ ।

“यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न खाताहरू तथा साइटहरू विरुद्ध उजुरी दिन कृपया कम्प्लायन्स एट आईएमईपे डटकम डट एनपीमा ई-मेल गर्न हार्दिक अनुरोध गर्दछौँ,” कम्पनीको कानून तथा अनुपालना विभागले अनुरोध गर्दै भनेको छ ।
https://unelma.io/CZC13