काठमाडौं । राहदानी विभागको प्रि-इनरोलमेन्ट पोर्टलमा प्राविधिक समस्या देखिएको छ । सेवाग्राहीहरूले राहदानीको लागि अनलाइन आवेदन दिने पोर्टलको सर्भर डाउन भएको हो । 

 

विभागले भने सफ्टवेयर अपडेट गर्ने क्रममा प्रि-इनरोलमेन्ट पोर्टलमा सामान्य प्राविधिक समस्या देखिएको बताएको छ । विभागले राहदानी नवीकरण गर्न र हराएको आवेदन दिने अप्सनमा क्लिक गर्दा ‘सर्भर इरर’ भनेर देखाइएको बताए पनि शुक्रबार दिउँसो देखि भने प्रि-इनरोलमेन्टको पोर्टलमा क्लिक गर्ने बित्तिकै ‘इन्टर्नल सर्भर इरर’ भनेर देखाइरहेको छ । यो समस्या समाधान गर्नको लागि प्राविधिक टोलीले काम गरिरहेको र आज बेलुका सम्म समस्या समाधान हुने विभागले जनाएको छ ।

 

हिजो मात्रै विभागले सफ्टवेयरमा देखिएको प्राविधिक समस्या समाधान गरिएको भन्दै सूचना जारी गरेको थियो । यद्यपि यो समस्या आज पनि यथावत नै छ । 

https://unelma.io/fRTkk