काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बम्पर अफरको नाममा प्रयोगकर्ताको मोबाइल आएको म्यासेजलाई लिएर अनुसन्धान अघि बढाएको छ । पछिल्लो केही दिन यता प्रयोगकर्ताको मोबाइलमा ‘बम्पर अफर दि इयर’ भन्दै म्यासेज आइरहेको छ ।

 

उक्त म्यासेजमा एउटा लिंक समेत उपलब्ध गराइएको छ । उक्त लिंकमा गएर २० रुपैयाँ तिरी सेवा सब्स्क्राइब गरेको खण्डमा १० ग्राम सुन जित्न सकिने भनिएको छ । यो म्यासेज लाखौं प्रयोगकर्ताको मोबाइलमा पुगेछ । त्यो सँगै प्राधिकरण उक्त म्यासेजको अधिकारिकता लगायतको विषय लिएर अनुसन्धान अघि बढाएको हो ।

 

अनुसन्धान अघि बढाएसँगै प्राधिकरणले यस्ता म्यासेजबाट सुरक्षित रहन समेत आग्रह गरेको छ ।

https://unelma.io/BG6nw