नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा आईएमई पेको संलग्नता रहेको जस्तो देखिने गरी बाइनान्सको घोषणा सार्वजनिक भएसँगै नेपालको डिजिटल भुक्तानी क्षेत्रमा हलचल मच्चिएको छ । विभिन्न किसिमका क्रिप्टोकरेन्सी एक्सचेन्जको काम गर्दै आएको बाइनान्सले आईएमई पे क्रिप्टोकरेन्सी खरिद बिक्रीका लागि पीटुपी (एउटा व्यक्तिले अर्को व्यक्तिलाई गर्ने भुक्तानी) भुक्तानी सेवाप्रदायकको रुपमा आवद्ध रहेको उल्लेख गरेको छ ।

यही २४ मे का दिन बाइनान्सको आधिकारिक वेबसाइटमार्फत नेपाली रुपैयाँबाट क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने माध्यमको रुपमा आईएमई पेलाई ‘बाइनान्स पीटुपी सपोर्ट’ लिस्टमा राखिएको छ । “बाइनान्स पीटुपीले आईएमईपेलाई नेपाली रुपैयाँ बजारमा क्रिप्टोकरेन्सी खरिद तथा बिक्री गर्ने माध्यमको रुपमा ‘सपोर्टेड पेमेन्ट मेथड’को सूचीमा थप गरिएको छ,” बाइनान्सको वेबसाइटमा लेखिएको छ ।
https://unelma.io/kJuhD