काठमाडौं । टेलिग्राम निःशुल्क सेवाको रुपमा परिचित छ । न कुनै विज्ञापन, न नै कुनै सदस्यता शुल्क । अन्य मेसेन्जर एपहरूको तुलनामा यो निकै नै फरक छ र यसको कुनै पनि फिचर गर्न कुनै शुल्क तिर्नुपर्दैन ।

 

तर अब भने यो व्यवस्था परिवर्तन हुँदैछ । यदि तपाईं टेलिग्रामको सक्रिय प्रयोगकर्ता हुनुहुन्छ भने यो तपाईंको लागि दुःखको खबर हुनसक्छ ।

 

हालै बाहिरिएका विवरणहरू अनुसार टेलिग्रामले पनि आफ्नो ‘प्रिमियम’ भर्सनमा काम गरिरहेको छ । प्रिमियम भन्ने वित्तिकै स्पष्ट रूपमा बुझ्न सकिन्छ कि कम्पनीले अब यसका केही फिचरहरूमा शुल्क लिनेछ र केही ‘प्रिमियम-विशेष’ सुविधाहरू प्रदान गर्नेछ ।

 

अहिले टेलिग्राममा परिवर्तन भइरहेका विभिन्न फिचरहरूलाई हेर्दा पनि अनुमान लगाउन सकिन्छ कि कम्पनीले धेरै नयाँ फिचरहरू प्रदान गर्दैछ, जसको प्रयोगको लागि अब प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्छ ।

 

‘टेलिग्राम प्रिमियम’ नाम दिएर कम्पनीले यो फिचर सार्वजनिक गर्ने बताइएको छ । यद्यपि यो फिचर कहिलेदेखि लागू हुनेछ भन्ने विषयमा भने कुनै जानकारी आइसकेको छैन ।

 

बाहिरिएको जानकारी अनुसार कम्पनीले प्रिमियम प्रयोगकर्तालाई एउटा ब्याज प्रदान गर्नेछ, जसले गर्दा सजिलै पत्ता लाग्नेछ कि टेलिग्रामको पेड प्रयोगकर्ता को हो भनेर ।

https://unelma.io/s6c90