सरकारले साउन महिनाभित्र सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय चुलोको प्रयोग बढाउनको लागि सरकारी कार्यालयहरूबाट सुरु गर्ने योजना बताएका हुन् ।

यही साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो प्रयोगमा ल्याउने व्यवस्था गर्ने उनले बताए ।

साथै आगामी तीन महिनाभित्र महानगरपालिका र उपमहानगरपालिका अन्तर्गतका सबै सार्वजनिक कार्यालय र निवासहरूमा पनि ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोग अनिवार्य गरिने उनले बताए ।

एलपी ग्यास छोडौं, बिजुली जोडौं’ नामक अभियान मार्फत विद्युतीय चुलोको प्रयोगलाई देशव्यापी बनाइने उनले बताएका छन् ।

‘एलपी ग्यास, दाउरा, गुइठालाई प्रतिस्थापन गर्न विद्युतीय चुलो प्रवर्द्धन गरी करिब एक लाख घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याइनेछ,’ उनले भने
https://unelma.io/GE3QB