काठमाडौं । बेलायतको रक्षा मन्त्रालयले देशका लागि पहिलो क्वान्टम कम्प्युटर खरिद गरेको छ । मन्त्रालयले बिट्रिस कम्पनी ‘ओर्का कम्प्युटिङ’ सँगको सहकार्यमा सैन्य प्रयोजनका लागि आवश्यक सिस्टम सहितको क्वान्टम कम्प्युटर निर्माण गरि खरिद गरेको हो ।

 

जुन रक्षात्मक हिसाबले प्रयोगमा ल्याउन सकिने जनाइएको छ । निर्माणकर्ता कम्पनीका अनुसार यसले सामान्य कम्प्युटरमा समाधान हुन नसकेका समस्या हल गर्नेछ ।

त्यस्तै जटिल गणितीय समस्यालाई समेत यसको मद्दतले सहज रुपमा छिटो समाधान गर्न सकिने जनाइएको छ । रक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि ल्याबका प्रमुख स्टेफन टिलले यो ठूलो उपलब्धि भएको बताएका छन् ।

 

सामान्यतया हामीले घरमा प्रयोग गर्ने कम्प्युटरले बिट्समा डेटा प्रोसेस गर्छ । जसमा जिरो र वान गरी दुई बाइनरी भ्यालुमात्रै रहन्छ । क्वान्टम कम्प्युटरमा भने क्युबिट प्रयोग भएको हुन्छ । जसले गर्दा यसको क्षमता समान्य कम्प्युटरको तुलनामा सयौँ गुणा बढी हुने गर्दछ ।

https://unelma.io/24vMy