काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसँगै हाइड्रोजनयुक्त सवारीलाई प्राथमिकता पनि दिनुपर्ने धारणा राखेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले जलस्रोतकाे अधिकतम उपयाेग गर्न हाइड्रोजनयुक्त सवारीमा ध्यान दिनुपर्ने तर्क राखे ।

 

‘नेपाल जलस्रोतमा दोस्रो धनी देश हो । यहाँको पानीबाट हाइड्रोजन पर्याप्त मात्रामा निकाल्न सकिन्छ,’ उनले भने, ‘हाइड्रोजन लामो दुरी चल्ने ठूला सवारीसाधनका लागि उपयुक्त हुने भएकाले यहाँको पानीबाट यस किसिमका सवारीसाधनको सञ्चालन हुन आवश्यक इन्धनको स्रोत निकाल्न सकिने ठूलो सम्भावना छ ।’

 

उनले हाइड्रोजनयुक्त सवारी साधनका लागि आवश्यक अध्ययन भइरहेको समेत जानकारी दिए ।

https://unelma.io/TVh7B