कलेज/विश्वविद्यालयको विद्यार्थी, शिक्षक वा कर्मचारी हुनुहुन्छ भने पक्कै पनि तपाईंलाई edu.np ईमेलबारे थाहा हुनुपर्छ । तपाईंकाे कलेज, विश्वविद्यालयले उपलब्ध गराउने यो ईमेल तपाईंले सोचेभन्दा धेरै उपयोगी हुन्छ ।

यदि तपाईंसँग यो मेल छ भने यसलाई कसरी प्रयोग गरिरहनुभएको छ ? कलेज प्रशासनले मेल उपलब्ध गराएपनि तपाईंले गृहकार्य पाउन र बुझाउनका लागि मात्र प्रयोग गर्नुभएको हुनसक्छ । यसको प्रयोग धेरै छ ।

कलेज मेल असाइनमेन्ट सबमिसनका लागि मात्र होइन । यसबाट धेरै उपयोगी कामहरु गर्नसक्छ । यस लेखमा तपाईंको कलेज मेललाई कसरी उपयोगी ढंगले प्रयोग गर्न सकिन्छ भन्नेबारे चर्चा गर्छौं ।  

निःशुल्क अनलाइन कोर्ष

तपाईंले नि:शुल्क धेरै कोर्षहरु सिक्न सक्नुहुन्छ । कोर्सेरा (Coursera) को  स्टुडेण्ट बेसिक प्लान (Student Basic Plan) मार्फत उत्कृष्ट शिक्षकहरुबाट सिक्न सक्नुहुन्छ । कतिपयले प्रमाणपत्रहरू पनि प्रदान गर्छन्, जसलाई तपाइले आफ्नो रेजुमीमा राख्न सक्नुहुन्छ ।  

रोबोफर्म पासवर्ड म्यानेजर

पासवर्ड बिर्सने समस्या सबैको हुन्छ । सामाजिक सञ्जाल मात्र नभई प्रायः सबैजसो साइटमा अकाउन्ट बनाउनुपर्ने हुन्छ । ती सबै साइट हरुको पासवर्ड सम्झिन गाह्रो हुन्छ ।

यसका लागि निःशुल्क पासवर्ड म्यानेज गरिदिने रोबोफर्म पासवर्ड म्यानेजर छ ।  कलेज मेलमार्फत एक वर्षका लागि तपाईले निःशुल्क रोबोफर्म पासवर्ड म्यानेजर प्रयोग गर्न सक्नुहुन्छ ।

कलेज मेलमार्फत साइन इन गरेर रोबोफर्म एक्स्टेन्सन डाउनलोड गरी सजिलै चलाउन सक्नुहुन्छ ।  
https://unelma.io/aqMpK