आज राति इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सका विभिन्न सेवा उपलब्ध नहुने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै राति ११ बजेदेखि विहान ४ बजेसम्म आफ्नो मोबाइल एप, कस्टमर पोर्टल र अनलाइन भुक्तानी सेवा बन्द रहने जानकारी दिएको हो ।

सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा प्रभावित हुने भएपनि इन्टरनेट र नेटटिभी सेवामा कुनै समस्या नहुने कम्पनीले जनाएको छ ।
https://unelma.io/KQAbG