काठमाडौं । नाइजेरियाको सरकारले देशभित्रै स्थानीय कार्यालय खोल्ने भएपछि ट्वीटरमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

 

ट्वीटरले नाइजेरियामा आफ्नै कार्यालय स्थापना गर्ने सहमतिमा सरकारले कम्पनी माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

 

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीको ट्वीट हटाएपछि त्यहाँको नियामकले जुन ४ मा ट्वीटरमाथि प्रतिबन्ध लगाएको थियो । त्यो समयदेखि नाइजेरियामा ट्वीटर चलेको थिएन ।

 

अब भने कम्पनीले नाइजेरियाको संघीय सरकारसँग मिलेर काम गर्ने र आफ्नो छुट्टै कार्यालय पनि खोल्ने सम्झौता गरेको छ । साथै नाइजेरियाका लागि ट्वीटरले छुट्टै प्रतिनिधि पनि खटाउने भएको छ ।

 

‘कम्पनीले हाम्रो देशको नीतिगत मर्यादामा रहेर काम गर्ने कुरामा सहमति जनाएसँगै हामीले ट्वीटरमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेका हौं,’ नाइजेरियाकाे नेसनल इन्फर्मेशन टेक्नोलोजी डेभलपमेन्ट एजेन्सीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

https://unelma.io/fvccJ