काठमाडौं । चिपसेट निर्माता कम्पनी क्वालकम टेक्नोलोजीले वायरलेस प्रविधिमा काम गर्दै आएको इजरायली कम्पनी ‘सेलवाइज’ खरिद गरेको छ । कम्पनीले सेलवाइज खरिद गरेको जानकारी आधिकारिक रुपमा सार्वजनिक गरेपनि यसबारे थप जानकारी दिएको छैन ।

 

सञ्चारमाध्यममा बाहिरिएकाे खबर अनुसार क्वालकमले ३५० मिलियन अमेरिकी डलर (करिब ४४ अर्ब रूपैयाँ) मा उक्त कम्पनी खरिद गरेको छ ।

 

सेलवाइजमा हाल भरिजन, टेलिफोनिक, नेक्सटेल, मुभिस्टारजस्ता कम्पनी जोडिएका छन्, जसले फाइभजी नेटवर्क निर्माण, अटोमेसन तथा म्यानेजमेन्ट सफ्टवेयर प्लेटफर्म निर्माण गर्दै आएको छ ।

 

क्वालकममा जोडिएसँगै यसले क्वालकमको फाइभजी पूर्वाधार सोलुसनको क्षमता विस्तारमा काम गर्ने जनाइएको छ ।

 

हुन त क्वालकम आफैंमा पूर्वाधार निर्माता कम्पनी होइन । तर, पछिल्लो समय रेडियो एक्सेस नेटवर्क (र्‍यान) का लागि आवश्यक प्रविधि भने उपलब्ध गराउँदै आएको छ ।

 

यस्तोमा सेलवाइजलाई खरिद गरी फाइभजी नेटवर्कमा गर्ने योजना कम्पनीले बनाएको हो । सेलवाइज खरिदसँगै कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओफिर ज्यामरलाई क्वालकमको प्रडक्ट व्यवस्थापनतर्फको उपाध्यक्षमा नियुक्त गरिएको छ ।

https://unelma.io/O4zSX