काठमाडौं । भारत सरकारले फाइभजी फ्रिक्वेन्सी अक्सनका लागि अनुमति दिएको छ । योसँगै अबको केही समयपछि भारतमा फाइभजीको व्यावसायिक सुरुवात हुनेछ ।

हाल देशका विभिन्न स्थानमा सेवा प्रदायकहरूले फाइभजीको सफल परीक्षण गरिसकेको अवस्थामा सरकारले अक्सनको बाटो खुला गरेको हो ।

भारतीय प्रधानमन्त्रीको अध्यक्षतामा रहेको युनियन क्याबिनेटले फाइभजीको फ्रिक्वेन्सीको मूल्य तय गरेर फ्रिक्वेन्सी अक्सनका लागि स्वीकृति प्रदान गरेको जनाइएको छ ।

 

साथै क्याबिनेटले नै फोरजीको तुलनामा फाइभजी १० गुणा छिटो चल्ने बताएको छ । सरकारले अनुमति दिएसँगै भारतको दूरसञ्चार विभागले फ्रिक्वेन्सी अक्सनका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।

 

योसँगै अबको केही हप्ताभित्र फ्रिक्वेन्सीका लागि अक्सन हुने अनुमान गरिएको छ । यस्तोमा कुन दूरसञ्चार सेवा प्रदायकले कति मूल्यमा फ्रिक्वेन्सी हात पार्नेछन् भन्ने विषय सबैका लागि चासोको विषय छ ।

 

सँगै पहिलो चरणमा कहाँबाट फाइभजीको सुरुवात हुनेछ भन्ने पनि सबैको चासोको विषय हो ।

विभागले भारतका १३ मुख्य सहरबाट फाइभजीको व्यावसायिक सुरुवात हुने जनाकारी दिएको छ । यसअन्तर्गत अहम्दाबाद, बैंगलोर, चण्डीगण, चेन्नई, दिल्ली, गान्धीनगर, गुरुग्राम, जामनगर, हैदरवाद, पुणे, लखनउ, मुम्बइ र कोलकात्ता रहेका छन् ।

https://unelma.io/0r9AF