काठमाडौँ — पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो । पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

https://unelma.io/7sulJ