काठमाडौं । अमेरिकी सरकारले गुगललाई गर्भपतन सम्बन्धी गलत जानकारी नदिन आग्रह गरेको छ । प्रयोगकर्ताले गर्भपतनका लागि क्लिनिकहरूको खोजी गर्दा गलत अनावश्यक नतिजा धेरै आएका कारण यो सम्बन्धी अमेरिकी सासंदहरूले गुगलको ध्यानाकर्षण गराएका हुन् ।

गर्भपतन सम्बन्धी जानकारी खोज्दा भ्रामक परिणाम धेरै आउने गरेको पाइएको र यसले महिलाको स्वास्थ्यलाई जोखिममा पार्नसक्ने बताउँदै गुगललाई यससम्बन्धी तत्काल कदम चाल्न सासंदले आग्रह गरेका हुन् ।

 

यदि गुगलले गर्भपतन गर्ने सेवाहरूको लागि गुगल सर्च र म्यापमा देखिने गर्भपतन विरोधी क्लिनिकलाई पनि सीमित नगरेको भन्दै संसदले गुगलका सीईओ सुन्दर पिचाईलाई पत्र लेखेको छ ।

 

पत्रमा भनिएको छ, ‘महिलालाई गलत जानकारीतिर निर्देशन गर्ने र व्यापक स्वास्थ्य सेवा प्रदान नगर्ने नक्कली क्लिनिकतर्फ निर्देशित गर्नु महिलाहरूको स्वास्थ्यको लागि खतरनाक छ र यसले गुगलको खोज परिणामहरूको सत्यतालाई कमजोर बनाउँछ ।’

यस विषयमा गुगलले भने अहिलेसम्म कुनै आधिकारिक धारणा दिएको छैन । 

https://unelma.io/0F2cp