ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिन (मर्जर गर्न) सहमत भएका छन् । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ ।
http://unelma.io/DNq5R