नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सिध्याइँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताए ।उद्योगी व्यवसायी लगायत सबैले निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राख्नुपर्ने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा नगई आयातमा नै गएकाले विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए । ‘श्रीलंकाले लिटेसँग लडाइँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगिरहेका छन्, हामी यो कुरामा साँच्चै सतर्क हुन जरुरी छ’ गभर्नर अधिकारीले भने ‘मौद्रिक नीति देश र समग्र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने छौं ।’
http://unelma.io/Yr3KS