बिहीबार सेयर बजार २.३९ प्रतिशतले घटेको छ। आज नेप्से परिसूचक ४५.२५ अंकले घटेर १,८४८.२८ बिन्दुमा पुगेको हो। 

सेयर बजार घटेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम बढेको छ। बुधबार नेप्से परिसूचक ३१.२१ अंकले घट्दा कारोबार रकम जम्मा ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँमा सिमित थियो। आज भने कुल २३७ किसिमका धितोपत्र तथा ऋणपत्रको ५० लाख ८ हजार ७७१ सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ। 

 

कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये २२ वटाको मूल्य बढेको छ भने २१६ वटाको मूल्य घटेको छ। आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा सर्किट ब्रेक लागेको छ। अघिल्लो दिन समेत संस्थाको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको थियो। शिवश्री हाइड्रोपावरको भने सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको हो। 

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये सबैको मूल्य घटेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको ४.११ प्रतिशत, विकास बैंकको ३.७९ प्रतिशत र इनभेस्टमेन्टको ३.५२ प्रतिशतले घटेको हो। 

 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ९ करोड ५३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि लक्ष्मी बैंकको ६ करोड ३६ लाख ८५ हजार रुपैयाँ, नबिल बैंकको ५ करोड ५३ लाख ६९ हजार रुपैयाँ,  हिमालयन डिस्टिलरीको ४ करोड ५२ लाख ४२ हजार रुपैयाँ र एनआइसी एसिया बैंकको ४ करोड १५ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ। 

https://unelma.io/cwBr9