नेपाल टेलिकमले लिज लाइनको महसुल दर घटाएकाे छ । गत असार १ गतेदेखि लागू हुनेगरी कम्पनीले इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जानकारी दिएकाे छ ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैयाँमात्र हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २३ सय रुपैयाँबाट घटाएर १६ सय रुपैयाँ कायम गरिएको छ ।

 

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल क्रमशः रु. २१ सय रुपैयाँ र १९ सय रुपैयाँ रहेकोमा अब दुवैको महसुल दर १५ सय रुपैयाँ कायम गरिएको छ ।
https://unelma.io/oTTzd